नेपथ्यको ‘कर्नालीका छाइला’ सार्वजनिक
लोकरक ब्यान्ड नेपथ्यको ‘कर्नालीका छाइला’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कर्णालीको सुसेली र सुस्केरालाई प्रस्तुत गरिएको छ ।
सल्यान र आसपासका जिल्लामा प्रचलित लोकभाका ‘टप्पा’मा आधारित गीतको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका हुन् ।
ब्याण्डका लिड भोकलिष्ट अमृत गुरुङले गीत सार्वजनिक गर्दै यो गीतको मुखडा सन् २००१ मै भेटेको जानकारी दिए । उनले भने – ‘सन् २००१ मा डोल्पातिरबाट आएका अङ्गद हमाल र यसका सङ्कलक लक्ष्मीकान्त उपाध्यायको मुखबाट यो गीत पहिलोपटक सुन्ने मौका पाएको थिएँ ।’ उनले यसअघि पनि यो गीत रेकर्ड गरेको तर सार्वजनिक नगरेको समेत खुलाए । उनले भने – ‘सन् २००८ मा एकपटक यस गीतलाई रेकर्ड गरिसके पनि चित्त बुझेन र बाकसमा थन्क्याइदिएँ।’
नेपथ्यको व्यवस्थापन संस्था नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार हाल नेपथ्यको वेबसाइटमा स–शुल्क हेर्न मिने गरि सार्वजनिक भिडियो हप्ता दिनमा निशुल्क हेर्न मिल्ने गरी सार्वजनिक हुने छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
