‘माइकल अधिकारी’ बन्दै सौगात

चलचित्र ‘माइकल अधिकारी’ बन्ने भएको छ । गोपीकृष्ण मुभिजको व्यानरमा बन्ने चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्ने छन् ।
चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने छ । केही हप्ता अघि नै यि दुई लिड रोलका लागि आवद्ध भइसकेका छन् ।
निर्देशक निरक पौडेलको निर्माण रहने चलचित्र उद्धव पौडेलको प्रस्तुतिमा बन्ने छ । सामाजिक सञ्जाल मार्फत निरकले चलचित्र निर्माणको औपचारिक जानकारी गराएका हुन् । निर्देशक रौनियारकै कथा रहने चलचित्र सेरोगेसीको विषयमा बन्ने भएको छ । सेरोगेसी भनेको कोख भाडामा लिएर सन्तान जन्माउने प्रकृया हो ।
सौगात मल्ल र सृष्टि श्रेष्ठ एकसाथ पर्दामा देखिन लागेको यो तेस्रो चलचित्र हो । यसअघि उनीहरुले एकसाथ काम गरेको चलचित्र ‘पोइ पर्यो काले’ प्रदर्शन भइसकेको छ भने ‘सँग सँगै’ निर्माणको औपचारिक घोषणा भइसकेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung