नेपाल आइडल –३ अडिसन शुरु भएसँगै वल्र्ड टुरको घोषणा
नेपाल आइडल सिजन ३ को अडिसन शुरु भएसँगै वल्र्ड टुरको समेत टुङ्गो लागेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गृष्मा ब्रोडकास्टिङले टप थ्रीलाई वल्र्ड टुर गराउने घोषणा गरिएको हो ।
कार्यक्रमका बिच गृष्माका तर्फबाट गृहेन्द्र घिमिरे र आइडल प्रसारण संस्था एपिवान एचडीका तर्फबाट लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो हस्ताक्षर भएसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ ।
यसैबिच गृष्माले नेपाल आइडल सिजन २ का विजयी टोलीलाई मुनलाइट्स रेकर्डस् सँगको सहकार्यमा अमेरिकामा टुर गराउने भएको छ ।
यतिबेला देशका बिभिन्न स्थानमा नेपाल आइडल सिजन ३ को अडिसन जारी रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
