‘नेपाल कल्चरल फिल्म फेस्टिभल’मा २० देशका चलचित्र

लेन्सनेपाल २०७५ मंसिर ८
‘नेपाल कल्चरल फिल्म फेस्टिभल’मा २० देशका चलचित्र

पहिलो ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ सुरु भएको छ । राष्ट्रिय सभा गृह काठमाडौंमा शुरु फेस्टिभलको शताब्दीपुरुष सत्यमोहन जोशीले औपचारिक उद्घाटन गरेका छन् ।

नेपाल पर्यटन बोर्डको सभा हलमा जारी फेस्टिभलमा २० बढी देशबाट ५ विधाका लागि ४ सय बढी फिल्म सहभागी भएको आयोजक संस्था एनसिएफसीले जानकारी दिएको छ । फेस्टिभलमा बेस्ट वमन फिल्म, बेस्ट चाइल्ड फिल्म, बेस्ट डकुमेन्ट्री फिल्म, बेस्ट फिचर फिल्म र बेस्ट सर्ट फिल्म विधामा छनौट भएका फिल्म प्रदर्शन हुनेछन् ।

बेस्ट वमन फिल्ममा आठ, बेस्ट चाइल्ड फिल्ममा पाँच, बेस्ट डकुमेन्ट्री फिल्ममा चार, बेस्ट फिचर फिल्ममा चार र बेस्ट सर्ट फिल्म विधामा सात नेपाली तथा विदेशी फिल्म सहभागी छन् । फेस्टिभल २६ अगस्टसम्म चल्नेछ । ५ विधामा प्रदर्शनका लागि छनौट भएका फिल्म नेपाल, अमेरिका, चीन, बंगलादेश, अष्ट्रेलिया, जापान, भारत, श्रीलंका, फ्रान्सलगायतका देशका छन् ।