चलचित्र संघको अध्यक्षमा महर्जन निर्वाचित
नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट उनी.प्रत्यासी कुवेर शर्मालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै संघको सदस्यहरुमा छविराज ओझा, गोपालकाजी कायस्थ, देबेन्द्र खड्गी, प्रज्वल सम्सेर राणा, ओमप्रकाश जैशी, करण श्रेष्ठ, आशिष तामाङ, कपिलप्रसाद द्धा, गोविन्द शाही, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ र सुरेन्द्र थापा निर्वाचित भएका छन् । विधान बमोजिम निर्वाचित सदस्यबाट पदाधिकारी नियुक्त हुनेछन् ।
चलचित्र प्रदर्शक र वितरकहरुको साझा संस्था चलचित्र संघ २०१३ सालमा स्थापना भएको हो । शनिबार सम्पन्न ४९ औं वार्षिक साधारण सभाको अवसरमा अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, छायांकार मञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, सम्पादक नरेन्द्र खड्का, प्रदर्शक तीर्थ प्रधान र रंग पत्रकार विदुर गिरीलाई सम्मान पनि गरेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
