‘एक भगवत् गीता’को नाम अब ‘एक भगवत् र एक गीता’

आगामी शुक्रबार अर्थात् आद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को शिर्षक विवाद मिलेको छ । आइतबार निवेदनकर्ता विभिन्न धार्मिक संस्था प्रतिनिधि र निर्माण टिमबीच चलचित्रको नाम परिर्वतन गरेर ‘एक भगवत् र एक गीता’ (सामाजिक कथा) राख्ने सहमती भएको हो ।
चलचित्रको नाम परिवर्तन गर्ने सहमती भएसँगै चलचित्र विकास बोर्डले आजै सेन्सर सिफारिस समेत दिएको छ । धार्मिक संस्था र निर्माण टिमबीचको विवाद मिलेसँगै चलचित्र आगामी शुक्रबारबाट नै प्रदर्शनमा आउने पक्का भएको छ । विवादलाई देखाउँदै विकास बोर्ड सेन्सर सिफारिस नै नदिएपछि रिलिज अन्योल देखिएको थियो ।
यसअघि निर्माता सुनीलकुमार थापाले भगवत् र गीताको बीचमा ड्यास राख्न गरेको प्रस्ताव धार्मिक समूहले अस्वीकार गरेका थिए । बैठकमा विभिन्न वैकल्पिक नामहरूबारे छलफल भएको थयो । ‘गीता एक प्रेमकथा’, ‘गीता भगवत्’ जस्ता थुप्रै नामहरूमा छलफलपछि ‘एक भगवत् र एक गीता’ नाममा दुवै पक्ष सहमत भएका हुन् । सो नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति छ ।
चलचित्रको शिर्षक विवाद छलफलमा विकास बोर्ड अध्यक्ष भुवन केसी, निर्माता सुनिल कुमार थापा, निर्माता संघका अध्यक्ष नवल खड्का, विकास वोर्डका प्रवक्ता केएल बुढाथोकी र अभिनेता तथा निर्माता दीपकराज गिरी लगायतको उपस्थिति रहेको थियो ।
चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ ।
सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको चलचित्रमा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal