चलचित्रकर्मीले रुचाए ‘नालापानी’
चलचित्र ‘नालापानी’को विशेष शो सम्पन्न भएको छ । काठमाडौँको विश्वज्योति हलमा आयोजित विशेष शोमा चलचित्र हेरेका चलचित्रकर्मी तथा अन्य क्षेत्रका व्यक्तिहरुले चलचित्रले उठाएको कथावस्तु, भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, छायांकन, कलाकारको अभिनय, निर्देशकीय पाटोको प्रशंसामा शब्द खर्चिएका थिए ।
चलचित्रमा विशेष भूमिकामा अभिनय गरेका बरिष्ठ कलाकार सन्तोष पन्तले चलचित्रले आफ्नो राष्ट्रलाई कसरी माया गर्ने भनेर शिक्षा दिने बताए । पन्त भन्छन् – ‘हाम्रो इतिहासको कथा हो ‘नालापानी’ । हाम्रो इतिहास बोकेको फिल्म भएकाले एकपटक हेर्नैपर्छ । यसले नेपालीलाई जगाउँछ ।’
निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले इतिहासिक पृष्ठभूमिमा यसरी चलचित्र बनाउनु भनेको चानचुने कुरा नभएको बताए । सीमित साधन स्रोतमा पनि आफ्नो देश बचाउनका लागि हाम्रा पूर्खाले कसरी युद्ध लडेका थिए चलचित्रले देखाएको उनको भनाई छ । यस्तै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशको भूगोल जोगाउनका लागि हाम्रा पूर्खाले कसरी लडेका थिए भन्ने कुरा चलचित्रले देखाएकोमा खुसी व्यक्त गरे ।
निर्देशक नवल नेपाले पनि चलचित्र असाध्धै राम्रो बनेको भन्दै प्रशंसा गरे । यता गायक राजेशपायल राईले पूर्खाहरु कति बहादुर थिए भन्ने कुरा चलचित्रले देखाएको बताए । हिमालयन टाइगरको रुपमा चिनिने पूर्व नेपाल आर्मी तथा नेपाली रेस्लर खेलाडी भरत बहादुर विसुरालले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।
बलभद्र कुँवरले नालापानीमा लडेको युद्धमा चलचित्र आधारित छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो । चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’का निर्देशक रिमेश अधिकारी हुन् ।
चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू सँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।
चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।
रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण चलचित्रमा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।
राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
