‘नबोल हेपेर’मा पुष्प र अञ्जना

लेन्सनेपाल २०७९ जेष्ठ २५
‘नबोल हेपेर’मा पुष्प र अञ्जना

‘नबोल हेपेर’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिष्णु गौतम र सरु गौतमको स्वर, मिलन विष्टको शब्द र नविन रावलको संगीत रहेको छ ।

गीतको भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका छन् । बिकाशा इन्टरटेनमेण्टले निर्माण गरेको भिडियोमा पुष्प खड्का र अञ्जना बराइलीको अभिनय, सागर प्रधानको छायाँकन र सुप्रिम पराजुलिको सम्पादन रहेको छ ।