गायक मुरलीधर सिरहा २ मा राप्रपाका उमेदबार
चर्चित गायक तथा कलाकार मुरलीधरले सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने भएका छन् । मुरलीधरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उमेदबारी दिन लागेका हुन् ।
सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् ।
सिरहाको औरही गाउँपालिका–५ निवासी उनी लामो समयदेखि मुम्बईमा बस्दै आएका थिए । मुरलीधर केही समय अघि मात्रै राप्रपामा प्रवेश गरेका थिए ।
उनका ‘‘उडायो सपना सबै हुरीले’, ‘निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो’ जस्ता दर्जनौं गीत हिट छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
