‘चमेलीको पोइ’मा मुकुन र सुरक्षा
चलचित्र ‘चमेलीको पोइ’को मुख्य भुमिकामा मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धित भएका छन् । निर्माण पक्षले दुबै कलाकारसँग औपचारिक सम्झौता गरिसकेको छ । एभरेष्ट सूर्य बोहोराको निर्देशन रहने चलचित्रबाट ‘प्रेम चरो’ नामले चर्चित कलाकार नारायण त्रिपाठीले पनि कमब्याक गर्दैछन् ।
नयाँ बर्षको पहिलो दिन शुभमुर्हतसँगै सुटिङ सुरु गरिने चलचित्रमा बिल्सन बिक्रम राई,रबिन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई (फुलन्देकी आमा), बबिन राई, खड्गबहादुर पुन (खबपु) लगायतका कलाकारका साथै निर्देशक बोहरा समेतको अभिनय रहने जनाइएको छ ।
एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहनिर्माणमा धन लक्ष्मी सिने मेकर्सले निर्माण गर्ने चलचित्रको निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय अनि कार्यकारी निर्मातामा उदय बिक्रम राणा र रितु मल्ल ठकुरी छन् । प्रदिपकुमार सापकोटा, कपिल आचार्य, यमप्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदिप कुँवर सहनिर्माता रहेको चलचित्रलाई निर्देशक बोहरा र शिबम अधिकारीले लेखेका हुन् ।
चलचित्रका गीतमा शम्भुजीत बाँसकोटा, राजनराज शिवाकोटी र आशिष अबिरलको संगीत रहने जनाइएको छ । चलचित्रको छायाँकन काठमाडौ, पोखरा र मुस्ताङमा हुने निर्देशक बोहराले जनाएका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
