चलचित्र ‘मुगलान’को ‘मेरो प्रियतम’रिलिज
पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ रिलिज भएको छ। सोमबार निर्माण पक्षले उक्त गीत रिलिज गरेको हो।
गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गराइएको छ। उनीहरुको जोडीलाई यो गीतमा निकै सुहाएको देखिन्छ। गीतमा प्रताव दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ भने यस गीतलाई सिर्जना लम्सालले लेखेकी हुन्। किरण भुसालको संगीत रिदम कँडेलको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्। यस गीतको कोरियाग्राफी देबेन्द्र कुँवरको छ भने छायांकन अजय रेग्मीको छ।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘मुगलान’मा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारले अभिनय गरेका छन्।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रका निर्माता गोमन सिंह हुन्। निर्माता सिंहको यो डेब्यु निर्माण हो। त्यसै गरि यो चलचित्रको को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन्।
तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो चलचित्रमा बिजिएम रिदम कँडेलको छ। चलचित्रमा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।
चलचित्रमा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी)को छ। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्। चलचित्रको वितरण आर आर चलचित्रस्ले गर्दैछ।
Latest Updates
-
-
-
जर्सिङ पौवामा खिचिदै ‘परिवर्तन’गीत, सुशील श्रेष्ठ र अञ्जना बराईलीको नृत्य
-
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
