चलचित्र ‘मुग्लान’को शुभ मुहूर्त, आशिष ढकालले निर्देशन गर्ने

चलचित्र ‘मुग्लान’ निर्माण हुने भएको छ । शुक्रबार भैरव मन्दिर, ज्ञानेश्वरमा चलचित्रको शुभ मुहूर्त गर्दै निर्माण थालिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख अतित्थतामा चलचित्रको मुहूर्त गरिएको हो ।
आशिष ढकालको निर्देशन रहने चलचित्रको मुहूर्तमा अध्यक्ष डिसीले मुहूर्त शट निर्देशन गरेका थिए भने कलाकार सबिन बास्तोलाले क्ल्याप र नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले क्यामरा अन गरेका थिए ।
रेहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक ढकालकै लेखन रहनेछ । चलचित्रमा प्रभात पाल ठकुरी, स्मारिका ढकाल, श्री शिवांशी, दिनेश डिसी, सबिन बास्तोला, रामचन्द्र अधिकारी, रश्मी भट्ट लगायतका कलाकारहरूको अभिनय रहनेछ । नेपालका विभिन्न स्थानहरूमा छायांकन गरिने चलचित्रमा गोमान सिंह लगानी रहने जनाइएको छ ।
चलचित्रमा राम गुरुको द्वन्द्व निर्देशन, अजय रेग्मीको छायांकन र किरण भुषाल र हरि गिरी ‘विमर्शी’को संगीत रहनेछ ।
यस अघि २० वर्ष अघि अर्थात सन् २००५ मा यही नामको चलचित्र निर्माण भएको थियो ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal