‘महापुरुष’ बोर्डले गर्न लागेको फेष्टिभलमा सहभागी नहुने
चलचित्र ‘महापुरुष’ चलचित्र विकास बोर्डले युएईको दुबईमा आयोजना गर्न लागेको ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा सहभागी नहुने भएको छ । विवादास्पद कम्पनीसँग मिलेर कार्यक्रम गर्न लागेको भन्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफूहरु फेष्टिभलमा सहभागी नहुने जानकारी गराएको हो ।
‘चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँंग उक्त कार्यक्रमका लागि सम्झौता गरेको छ । जसको शुरुदेखि नै बिरोध भइरहेको छ । निर्माण टिमले आफुहरुको अनुमति बिना नै आफ्नो चलचित्र उक्त कार्यक्रममा समावेश गरेकोमा ध्यानाकर्षण भएको जनाउँदै सहभागी नगराउन अनुरोध गरेको छ ।
यस्तो छ षट्कोण आर्ट्सले जारी गरेको ध्यानाकर्षण नोट
चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँंग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्याउने नाराका साथ दुबईमा गर्न लागेको नेपाली फिल्म फेस्ट २०२३ मा हाम्रो फिल्म महापुरुष हामीसँंग अनुमति नलिकन उक्त कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।
हाम्रो नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउने विकास बोर्डको चाहना स्वागत छ । तर यी र यस्ता नेपालीहरु माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला रु यता खर्च गर्ने ३० लाख पैसाले बरु मिडिल स्टमा व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सर मा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला १ साथै विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला रु यी र यस्तै प्रश्न र सुझाव सहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछौ ! –षट्कोण आर्ट्स
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
