चलचित्र ‘साइँली’को गीत सार्वजनिक

चलचित्र ‘साइँली’को पहिलो गीत सार्वजनिक गरिएको छ । गायक तथा ‘साइँली’का निर्माता हेमन्त रानाको जन्मदिनको अवसर पारेर चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समावेश ‘नाच माया...’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द तथा हेमन्त रानाको स्वर रहेको छ । गीतमा कलाकारहरु दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंहलगायतको नृत्य छ । रामबाबु गुरुङले निर्देशन रहेको चलचित्रलाई हेमन्त राना र गौरव पहारीले निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सहनिर्माताको रुपमा रहेका छन् भने कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा र सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको प्दर्शन मिति चैत्र १५ गतेलाई तय गरिएको छ ।
Latest Updates
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak