चलचित्र ‘घर’को छायांकन सुरु
चलचित्र ‘घर’को छायांकन सुरु भएको छ । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
हरर कथामा बन्न लागेको चलचित्रलाई अर्पण थापाले निर्देशन गर्नेछन् । चलचित्रको कथा पनि उनकै हो । चलचित्रमा अर्पणका साथै वेनिशा हमाल, सुरक्षा पन्त र अस्मिता खनालको मुख्य भूमिका रहने जनाइएको छ ।
डीएस डिजिटलको ब्यानरमा बन्न लागेको चलचित्रमा शर्मिला पाण्डेको लगानी रहने छ । बुढानिलकण्ठ आसपासमै छायाँकन गरिने जनाइएको चलचित्रको सुटिङ सेड्युयल २० दिनको छ । निरज कँडेलको छायाँकन रहने चलचित्रमा दिपेन्द्र के. खनाल पनि निर्माताको रुपमा रहेका छन् भने सन्तोष अधिकारी सहनिर्माता हुन ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada