चलचित्र दैलोको ट्रेलर सार्वजनिक
चलचित्र दैलोको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
सुरेश उप्रेतीको निर्देशन रहेको चलचित्रको ट्रेलरमा सामाजिक दाइजो प्रथा र पारिवारिक प्रेमले मुख्य स्थान पाएको देखिन्छ ।
सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, सपना श्रेष्ठ, मुना प्रसाईंलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई सुरेशले नै लेखेका हुन । चलचित्रमा बिमल भट्टराईको छायाँकन र तारा थापाको सम्पादन रहेको छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अर्जुन उप्रेती र यसोदा उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रले कात्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
