Mansara

कमर्सियल तत्व बिनाको ‘अनागत’

२०७५ पौष २६
कमर्सियल तत्व बिनाको ‘अनागत’

‘अनागत’ युनिटले पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र बारे जानकारी गराएको छ । मनोविज्ञानमा आधारित चलचित्रले परिवारमा शंका उत्पन्न भएपछी आउने परिस्थितिलाई देखाएको जनाइएको छ ।

कार्यक्रममा कलाकार प्रियंका कार्की, अर्पण थापा, प्रविन खतिवडा, निर्देशक साम्तेन भुटिया लगायत उपस्थित थिए । जहाँ चलचित्रले दर्शकको मन जित्नेमा उनीहरु आशाबादी देखिएका छन् । चलचित्रमा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।

कार्यक्रममा बोल्दै कलाकार अर्पण थापाले आफुलाई अनागतको चरित्रबाट बाहिर निस्कन निकै समय लागेको बताएका छन् । आफुलाई मन परेको चलचित्र भएको भन्दै उनले पात्रलाई अनुभुति गर्न जति सहज भयो त्यो भन्दा बढी निस्कन भएको बताएका हुन । यस्तै अभिनेत्री प्रियंका कार्कीले साम्तेनसँग आफ्नो सोच मिल्ने जनाएकी छिन । साम्तेनले कथा सुनाउँदा नै आफुले भिज्वयल देख्ने भन्दै उनले यो चलचित्रबाट पनि निकै आशा गरेको जनाइन । सस्पेन्स थ्रिलर जनराको चलचित्रबाट निर्देशक पनि आशाबादी देखिएका छन् । उनले चलचित्रमा कमर्सियल तत्व भने नभएको जनाएका छन् । चलचित्रले फरक कथालाई हेर्न चाहने दर्शकलाई निराश नबनाउने उनको विश्वास छ ।

चलचित्रलाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा सिसन बानियाँको छायाँकन, चन्द्र कुमार झाको कथा, प्रवचन श्रेष्ठ र निर्देशक साम्तेनकै पटकथा रहेको छ ।

Mahajatra