कलाकार संघको अध्यक्षका उम्मेदवार निरौलाले गरे प्यानल सहित घोषणा पत्र सार्वजनिक
चलचित्र कलाकार संघको अध्यक्षका प्रत्यासी मोहन निरौलाले आफ्नो प्यानल सहित एजेण्डाहरु सार्वजनिक गरेका छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निरौलाले प्यानल र एजेण्डा सार्वजनिक गरेका हुन् ।
निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल उम्मेदवार रहेका छन् भने महासचिवमा सविन श्रेष्ठ रहेका छन् । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल, सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा रहेका छन् ।
निरौलाकै प्यानलबाट सहकोषाध्यक्षमा चुनाव लड्न लागेकी पवित्रा आचार्य भने निर्विरोध निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धि रोहित रुम्बाले उम्मेदवारी फिर्ता लिएपछि उनि बुधबार नै निर्वाचित भएकी थिइन् ।
उम्मेदवारी घोषणा गर्दै निरौलाले संगठन सुदृढीकरण र कलाकारिता पेशाको गरिमा बढाउन उम्मेदवारी दिएको बताए । बिभिन्न बुँदामा आफ्नो एजेण्डा पेश गरेका निरौलाले कलाकार संघको सुदृढीकरण, कार्यलय भवनको अधुरो काम सम्पन्न गर्ने, कल्याणकारी कोषलाई ब्यवस्थित गर्ने, संघलाई डिजिटल युगमा लैजाने, अभिनयका प्रशिक्षण तथा कार्यशाला गर्ने जस्ता विषयहरु समावेश गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
