निर्मातालाई पैसा फिर्ता गर्न प्रकाशले घर बेच्न कुरा हल्ला मात्र
चलचित्र ‘वसन्त’का निर्मातालाई पैसा फिर्ता गर्न कलाकार प्रकाश सपुतले काठमाडौंमा रहेको आफ्नो घर बेच्न लागेको खबर यो साता चर्चा रह्यो । यो खबर कसरी फैलियो थाहा नभएपनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने यसमा बिभिन्न खाले टिप्पणी गरे ।
अझ प्रकाशको पछिल्लो गीत ‘नाई भनेसी नाई’ पनि नचले पछि त उनको करियर ओरालो लागेको टिप्पणी भयो । सायद यसैले होला दर्शक सेन्टिमेण्ट खपतका लागि निर्मातालाई पैसा फिर्ता गर्न प्रकाशले काठमाडौंको घर बेच्न लागेको हल्ला चलाइयो । यो हल्ला प्रकाश आफैले चलाए वा अरु कसैले चलायो त्यो भने स्पष्ट छैन । तर, आफूसँग जोडिएका प्रायः विषयमा सामाजिक सञ्जालमा प्रतिक्रिया दिने प्रकाशले यसबारे मौनता साध्नुले कतै यो हल्ला उनलै चलाएका हुन् कि भन्ने आंशका समेत उब्जाएको छ । यो विषयमा प्रकाशको प्रतिक्रिया आएपछि वास्तविकता खुल्दै जाला । तर, सार्वजनिक खपतका लागि चलाइएको यो चर्चा यतिबेला भने झुटो सावित भएको छ ।
चलचित्र ‘वसन्त’का निर्माता मोहन विश्वकर्माले सामाजिक सञ्जालमा यसको खण्डन गरेका छन् । उनले यस्ता समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको समेत जनाएका छन् । निर्माता मोहन विश्वकर्मा भन्छन् – ‘हामीले निर्माण गरेको चलचित्र बसन्त को व्यवहारिक विषयलाई लिएर पछिल्लो समय विभिन्न मिडिया र सामाजिक सञ्जाल मा आएका समाचार र टिका टिप्पणिहरु प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । नितान्त व्यवसायिक उद्देश्य ले भन्दा पनि प्रतिभाशाली सर्जक प्रकाश सपुतको सपना, एउटा गम्भिर सामाजिक विषय वस्तु र नेपाली चलचित्र क्षेत्रमा केहि योगदान गर्ने पवित्र उद्देश्य ले हामीले बसन्तमा निर्माण सहकार्य गरेका हौ ।’
उनले केही देशमा चलचित्र प्रदर्शन हुन बाँकी रहेकोले हिसाव–किताब भई नसकेको समेत स्पष्ट पारेका छन् । उनी लेख्छन् – ‘अहिले चलचित्र लाई भारत मा प्रर्दशन गर्ने प्रकिया पुरा भैसकेको छ । विश्वका धेरै देशमा चलचित्र प्रदशन हुन बाकि नै छ । डिजिटल प्लाटफर्महरु त छदैछ । यस्तैमा अहिले नै चलचित्र को व्यवसायिक हिसाब किताब भैसकेको छैन ।’
अझ रोचक कुरा के हो यहि वर्षको अन्त्यसम्म भने निर्माता मोहन विश्वकर्माले त पुनः एक पटक प्रकाश सपूतसंग मिलेर अर्को पनि चलचित्र निर्माण गर्ने जनाएका छन् । उनी थप्छन् – ‘यो पहिलो चलचित्र हाम्रो लागि एउटा बहुमूल्य सिकाई र अनुभव भएको छ र कम्तिमा वर्षमा एउटा चलचित्र बनाउन सकिने आत्मविश्वास बढेको छ ।साथै यस वर्षको अन्त्य सम्म कलाकार प्रकाश सपुत को टिम संगै मिलेर अर्को चलचित्र निर्माण घोषणा गर्ने तयारी भैरहेका बेला हामीलाई निरुत्साहित गर्न आएका यस्ता टिकाटिप्पडिको पछि नलाग्नु हुन म सबै संग आग्रह गर्न चाहन्छु । र सर्जक कलाकार प्रकाश सपुतलाई आफ्नो कर्म मा दत्त चित्त भएर लाग्न हौसला र शुभकामना दिन चाहन्छु ।’
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
