‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक
श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा प्रेम, कमेडी, एक्सन, वेदना, पारिवारिक माहौल र रहस्यमय कथा प्रस्तुत गरिएको छ । ट्रेलरमा देखाइने केही दृश्यहरू ‘सरप्राइजिङ’ छन् । यसमा अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठबिच अंकुराएको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ । जब ट्रेलर क्लाइमेक्समा पुग्छ तब वर्षाको रौद्र रूप देखिएको छ ।
शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ ।
कार्यक्रममा बोल्दै निर्देशक शंकर कोइराला, लेखक आनन्द विक्रम क्षेत्री तथा कलाकारहरूले सरोज खनाल, प्रवीण खतिवडा, रेजीना उप्रेती, वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ लगायतले यो चलचित्र उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ । चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वरर रहेको छ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
