चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीत रोमान्टिक भावको छ ।
सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, राम अविरल बिष्टको शब्द र एसडीकै संगीत रहेको छ । किरण थापाले कोरियोग्राफी गरेको गीतमा वर्षा शिवाकोटी र अमर प्रताप श्रेष्ठलाई फिचर्ड गरिएको छ ।
कार्यक्रममा बोल्दै नव अभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे । यस्तै अभिनेत्री शिवाकोटीले चलचित्र सुन्दर बनेको बताइन् । आफ्नो जोडीको रूपमा यस चलचित्रमा देखिने कलाकार श्रेष्ठको कामको उनले तारिफ गरिन् ।
कार्यक्रममा चलचित्रका निर्देशक शङ्कर कोइराला, निर्माता द्वय दिलीप केसी र हरि श्रेष्ठ, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, कोरियोग्राफर किरण थापा, चलचित्रका कलाकारहरू सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्य लगायत चलचित्र टिमका अन्य सदस्यको पनि उपस्थिति थियो । चलचित्रमा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराई लगायतको पनि अभिनय रहेको छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्र पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको विश्वास गर्नै गाह्रो हुने तर यथार्थ घटनामा आधारित रहेर बनेको जनाइएको छ । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
