चलचित्र ‘मोदीबेनी’को पोस्टर सार्वजनिक
चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ । यसबाट त्रिकोणात्मक कथा चलचित्रमा रहेको अनुमान लगाउन सकिन्छ । त्यस्तै, पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ ।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको एक घटनामा आधारित रहेर चलचित्र बनेको निर्देशक शङ्कर कोइरालाले बताए । श्रावण १८ गते रिलिज हुने चलचित्रमा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीप सहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रमा आनन्द विक्रम क्षेत्रीको लेखन रहेको छ ।
चलचित्रमा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, शान भुसाल र एसडी योगीको सङ्गीत, राम अविरल बिस्ट र शान भुसालका शब्द रचना र स्वरूप राज आचार्य, एसडी योगी, एरिका खाती र विज्ञानी पराजुलीको स्वर रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
