प्रदर्शन भयो ‘मिसिङः केटी हराएको सूचना’, प्रिमियरमा सुखद प्रतिक्रिया

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शन भएको छ । आजबाट प्रदर्शनमा आएको चलचित्रको शिर्ष भूमिकामा नाजिर हुसेन र श्रृष्टि श्रेष्ठले अभिनय गरेका छन् ।
चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।
दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता नकिम उद्दिन हुन् । चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता र अमितेष शाह सहायक निर्माता रहेका छन् ।
मल्टिप्लेक्सहरुमा उचच शो पाएको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । राजधानीको लबिम मलमा सम्पन्न प्रिमियरमा चलचित्र हेरेका अधिकांशले तारिफ गरेका छन् । चलचित्रकर्मीले चलचित्रको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् ।
प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत थुप्रै चलचित्रकर्मी र पत्रकारहरु पुगेका थिए ।




Latest Updates
New Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora
Next Releases (Falgun 2)
-
Dukhi Aatma
Director : Dipendra Lama
Casts : Dayahang Rai, Aanchal Sharma, Anoop Bikram Shahi, Buddhi Tamang, Puskar Gurung -
Rangi
Director : Suresh Neupane
Casts : Salon Basnet, Dilip Rayamajhi, Namrata Shrestha, Aayushi Dhakal, Bishal Pahadi