माघ १ लाई ‘मिरमिरे’को रिलिज मिति घोषणा
चलचित्र ‘मिरमिरे’ माघ १ गते बाट प्रदर्शनमा आउने भएको छ । यम शेर्पाको निर्देशन रहेको चलचित्रकी नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर रिलिज डेट घोषणा गरिएको हो । छायांकनको सेटबाटै निर्माणपक्षले रिलिज मिति सार्वजनिक गरेको हो ।
‘हामीले माघ १ गते आउने निर्णय गर्यौँ । वितरक र प्रदर्शकसँगको सल्लाहमा माघ १ गते आउने निर्णय गरेका हौँ’ निर्देशक शेर्पाले भने । अहिले यो चलचित्रको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ । असार २१ गतेबाट छायांकन सुरु भएको चलचित्रको सुटिङ अबको करिब दुई सातामा सकिने निर्माण टिमले बताएको छ । चलचित्रको अधिकांश छायांकन काभ्रेपलाञ्चोकमा र केही दृश्य चित्लाङमा भएको छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । चलचित्रका छायाँकार आलोक शुक्ला हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् । बिरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रलाई आरआर फिल्म्स्ले वितरण गर्नेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
