३५ दिनमा सकियो ‘मिरमिरे’को छायांकन

२०८२ श्रावन ३०
३५ दिनमा सकियो ‘मिरमिरे’को छायांकन

एक गीत बाहेक चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको निर्देशक यम शेर्षाले जनाएका छन् ।

काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायतको अभिनय रहेको छ ।

माघ १ गतेलाई रिलिज हुने चलचित्रमा निर्देशक यमकै लेखन रहेको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्माता गोविन्द बोहरा र सुदिप कुँवर हुन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रको कार्यकारी निर्माता रोहित कट्टेल रहेका हुन् । चलचित्रमा आलोक शुक्लाका छायाँकन रहेको छ ।