Mansara

अभिनय पढेर निर्देशनमा आएका मिलन, ‘षट्कोण’ले दर्शक खुशी बनाउनेमा ढुक्क

२०७९ बैशाख २१
अभिनय पढेर निर्देशनमा आएका मिलन, ‘षट्कोण’ले दर्शक खुशी बनाउनेमा ढुक्क

हुन त उनलाई निर्देशक नै बन्नु थियो । तर, निर्देशन विषयको पढाई अभिनयको भन्दा अलिक महङ्गो थियो । जतिबेला उनले फिल्म पढेका थिए त्यतिबेला सम्म नेपालमा एउटा मात्र फिल्म कलेज थियो । ओस्कर कलेको फि अभिनयको भन्दा निर्देशनमा महङ्गो । त्यति मात्र होइन प्रोजेक्ट वर्कमा त्यत्तिनै खर्च । त्यसैले खर्च बचाउने तरिका खोज्दै उनी अभिनय पढ्न ओस्कर भर्ना भए । उनी अर्थात चलचित्र षट्कोणका निर्देशक मिलन डि काप्रि ।

विषय जे लिएपनि जुन सुकै विषयको कक्षमा गएर पढ्न पाइने सुबिधा रहेछ भित्र । त्यसैले औपचारिक रुपमा अभिनयको कक्षा भएपनि उनले धेरै समय निर्देशनको कक्षा लिएर विताए । अर्थात अनौपचारिक रुपमा निर्देशन पढे । त्यसो त मिलन एउटा निर्देशकले स्कृप्टसँगै अभिनय र सम्पादनको पनि राम्रो ज्ञान राख्नुपर्ने बताउँछन् । स्कृप्ट र अभिनय त उनले औपचारिक रुपमै पढे । सम्पादन भने मुम्बई पुगेर काम गर्दै सिके ।

त्यसो त उनी निर्देशनको काम खोज्दै मुम्बई हानिएका थिए । मुम्बई धेरैको लागि सपनाको नगरी । मिलनले सोचे जस्तो सजिलो कहाँ थियो र । निर्देशनमा अफर नपाए पनि उनले सम्पादनको काम भने पाए । केही टिभी सिरियलहरुको सम्पादनको क्रममा पनि उनले धेरै कुराहरु बुझ्न र सिक्न पाए ।

केही समय मुम्बईमा काम गरेका मिलन फेरी नेपाल फर्किए अनि नेपाली चलचित्रमा काम गर्न थाले । एकाध नाटक र चलचित्रमा अभिनय पनि गरेका मिलनले केही चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम पनि गरे । चलचित्र ‘न यता न उता’को मुख्य सहायक भइ काम गर्दा उनलाई चलचित्र ‘षट्कोण’ निर्देशनको अफर आयो ।

चलचित्रका लेखक शिशिर लिम्बु वानेम पनि त्यही टिममा थिए । उनैले मिलनलाई यो कथा सुनाए । शुरुमा मिलनलाई आफैले गर्न सक्दिनकी भन्ने लाग्यो । तर, च्यालेन्ज लिनुपर्छ भन्दै चलचित्र बनाउन तम्सिए । चलचित्रका निर्माता बिराज कडारियाले उनलाई साथ दिए ।

शुरुमा मिलनलाई स्कृप्ट बुझ्नै समय लाग्यो । निकै धेरै बिम्बहरुको प्रयोग भएकोले उनले धेरैपटक स्कृप्ट पढे । अनि आम दर्शकले सहज रुपमा बुझुन भनेर स्कृप्टमा काम गर्न थाले । स्कृप्ट कन्भिन्स भएपछि उनी लाकेशनको खोजीमा निस्किए । चलचित्रको कथा अनुुसार नाइट सिनहरु पनि धेरै थिए । उनले सोचे जस्तो लोकेशन भेट्न सकेनन् । अनि भिमफेदीमा सेट नै लगाएर काम गरे ।

यतिबेला चलचित्र प्रदर्शनको तयारीमा छ । आगामी शुक्रबारबाट हलहलमा चवलचित्र प्रदर्शन हुनेछ । मिलन चवलचित्रले दर्शकको मन जित्नेमा आशाबादी छन् । आफुले चलचित्रलाई उत्कृष्ट बनाउन सक्दो मेहनत गरेको उनको भनाई छ । उनी टिमका हरेक सदस्यबाट उस्तै काम भएको बताउँछन् ।
एउटा घट्नाको अनुसन्धानमा चलचित्र केन्द्रित छ । घट्नासँग सम्बन्धित ६ वटा पात्रहरुले मुख्य भुमिका निभाएका छन् । एकतातिर प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ अर्को तिर पत्रकारले कथामा केही रोचक मोडहरु पनि छन् । ‘षट्कोण’ साइकोलोजिकलन थ्रिलर जनराको चलचित्र हो ।
चलचित्रमा कर्मा, लोकेन्द्र लेखक, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

Mahajatra