चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु

चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु भएको छ । माघे संक्रान्तिको अवसर पारी बुधबारबाट झापाको बिर्तामोडमा चलचित्रको छायँकन शुरु गरिएको हो ।
छायाँकन आरम्भ गर्नुअघि पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा औपचारिक जानकारी दिइएको थियो । भाडाको कोख अर्थात सरोगेशीको कथामा निर्माण हुने चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने छ । सौगात र सृष्टीसँगै चलचित्रमा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहने छ ।
गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुने चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्नेछन् । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता निरक पौडेल हुन् । चलचित्रमा राजु बिक्रम थापाको छायाँकन, निर्देशक रञ्जितकै कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा र सम्बाद, शम्भूजित बासकोटा र निलेश सिंहको संगीत र कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चलचित्रको सम्पूर्ण छायाँकन बिर्तामोड र इलाममा गरिने छ । निर्माण टिमले ३५ दिनको छायाँकन सेड्युल तयार पारेको छ । चलचित्र कमेडी जनरामा बन्नेछ । बिर्तामोड आसपासको प्राकृतिक सुन्दरताले आफ्नो चलचित्रका लागि उपयुक्त हुने भएकोले नै यहाँ छायाँकन गर्न लागिएको निर्माता पौडेलले जनाएका छन् । यस्तै कलाकार सौगात मल्ले आफुलाई अहिले सम्मकै भिन्न अवतारमा चलचित्रमा देख्न पाइने जनाए । अहिले सम्म गरेका भन्दा नितान्त फरक भुमिका भएको भन्दै उनले चलचित्रको स्कृप्टले आफुलाई निकै तानेको बताएका छन् । यस्तै कलाकार श्रृष्टी श्रेष्ठले यो चलचित्रबाट आफुले काम देखाउने अवसर पाएको बताइन । आफ्नो भुमिकालाई लिएर उत्साहित श्रृष्टी क्यारेक्टरलाई न्याय त्यत्तिकै चुनौति भएपनि अन्याय नगर्ने बताउँछिन ।
कार्यक्रममा बरिष्ठ पत्रकार प्रकाश सुबेदी, चलचित्र संघका पूर्व अध्यक्ष राजकुमार पोखरेल, निर्माता राजेश घतानी, चलचित्रकर्मी मिजास पोखरेललगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए । सो अवसरमा ‘माइकल अधिकारी’को शुभारम्भको केक समेत काटिएको थियो ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal