‘मेरो एउटा साथी छ २’ बन्ने, दिनेश राउतले निर्देशन गर्ने

चलचित्र ‘मेरो एउटा साथी छ २’ बन्ने भएको छ । आइकोर फिल्मस्को व्यानरमा बन्न लागेको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने भएका छन् । मंगलबार निर्माता प्रज्वल शमसेर जबरा र निर्देशक दिनेश राउतबीच आधिकारीक रुपमा सम्झौता भएको छ ।
सन् २०१० को सफल चलचित्र ‘मेरो एउटा साथी छ’को सिक्वेलका रुपमा नभई सिरिजका रुपमा यो चलचित्र निर्माण हुन लागेको हो । पहिलो सिरिजलाई सुदर्शन थापाले निर्देशन गरेका थिए । सोही चलचित्रबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ चलचित्र क्षेत्रमा स्थापित भएका थिए ।
दोस्रो सिरिजका लागि निर्देशक परिवर्तन भए पनि कलाकारको भने टुङ्गो लागिसकेको छैन । लेन्सनेपालसँग कुरा गर्दै निर्माता जवराले राउत पहिलो सिरिजको निर्देशकिय टिममा समेत रहेको र उनीसँग कन्सेप्ट र मेकिङबारे आफ्नो बिचार मिलेकोले निर्देशकका रुपमा अनुबन्धन गरेको बताएका छन् । दिनेश अहिले यो चलचित्रको लागि कन्सेप्ट तयार गर्ने काममा रहेको समेत उनले जनाए । त्यसो त यो चलचित्रमा पहिलो सिरिजकै कलाकारहरु दोहारिने वा नदोहोरिने पक्का छैन । निर्माता जबराले स्कृप्ट तयार भएपछि निर्देशकको सोच अनुरुप पुराना कलाकार दोहोराउने वा नयाँ राख्ने भन्ने विषयमा टुङ्गोमा पुगिने जनाएका छन् । ‘मेरो एउटा साथी छ २’ रोमान्टिक लभ स्टोरी जनरामै निर्माण हुने जनाइएको छ ।
लभस्टोरी चलचित्र निर्माणमा अब्बल मानिने निर्देशक राउतको पछिल्लो चलचित्र प्रसादले समिक्षक र दर्शक दुबैबाट तारिफ पाएको थियो । राउतले यसअघि आर्यन र नम्रतालाई जोडी बनाई नोभेम्बर रेन र क्लासिकको निर्देशन गरेका थिए । ‘मेरो एउटा साथी छ २’ मा भने उनीहरु दोहोरिने सम्भावना न्यून देखिन्छ । यसबारेमा भने निर्देशकले केही बोल्न चाहेनन् । आफुले कलाकार फाइनल गरेर स्कृप्ट लेख्ने नभई स्कृप्टको माग अनुसार कलाकार छनौट गर्ने हुँदा अहिले नै यो हुन्छ वा हुँदैन भनेर भन्न नसक्ने उनको भनाई छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal