प्रदर्शन मिति तय गर्दै चलचित्र ‘मनसँग मन’को गीत सार्वजनिक
चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति तय भएसँगै उक्त गीत सार्वजनिक गरिएको हो । यो चलचित्र नयाँ बर्षको अवसर पारी चैत्र २७ गतेबाट रिलिज हुने जनाइएको छ ।
चलचित्रको सार्वजनिक ‘मेरो त भाग्य’ बोलको गीतमा विपिन किरणको शश्द, दिपक शर्माको संगीत र डेभिड शंकर र भावना थापाको स्वर छ । गीतमा कलाकार पुष्प खड्का र वर्षा सिवाकोटीका साथै अतिथी कलाकारको रुपमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् भने कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झालाई पनि देख्न सकिन्छ ।
गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायाँकन र अर्जुन जीसीको सम्पादन रहेको छ । कैलाश राइको निर्देशनमा बनेको चलचित्रमा अरुण तामाङको लगाी छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
