राजुको निर्देशनमा ‘मेयर साहेब’ बन्ने

राजु गिरीको निर्देशनमा चलचित्र ‘मेयर साहेब’ निर्माण हुने भएको छ । शुक्रबार टाइटल पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।
भाद्र बाट फ्लोरमा जाने चलचित्रको लागि अहिले कलाकार छनोटको काम भइरहेको छ । चाँडै चलचित्रको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनितिक बिषयमाथि निर्माण हुने चलचित्रको हाल प्रि–प्रोडक्सन र कथा लेखनको काम भइरहेको छ ।
बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रमा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । चलचित्रमा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती चलचित्रका सह–निर्माता हुन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung