‘माया बस्छ कि के हो’ को फष्टलुक सार्वजनीक

चलचित्र ‘माया बस्छ कि के हो’ को फष्टलुक पोस्टर सार्वजनीक गरिएको छ । राजु अधिकारीको निर्देशनमा बनेको चलचित्रको फष्टलुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको छ यद्यपी उक्त गीत शुक्रबार मात्र युट्युब रिलिज हुने जनाइएको छ ।
फष्टलुकमा नवअभिनेता सोनाल तामाङ र नवअभिनेत्री कस्मता निरौला फिचर्ड छन् । शरद अधिकारीको प्रस्तुतिमा बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको चलचित्रको कथा आरती अधिकारीले लेखेकी हुन् । हल खुलेपछि प्रदर्शन मिति तय गरिने जनाइएको चलचित्रको एसोसिएट डिरेक्टर आशुतोष अधिकारी र मुख्यसहायक निर्देशक दीपक अधिकारी छन् ।
निर्देशक अधिकारीले आफूहरु गुणस्तरिय फिल्म निर्माणको पक्षमा रहेको बताउदै ‘माया बस्छ कि के हो’ उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको दावी गरे । उनले कथाको मागअनुसार नै फिल्म बेल्जियम,स्वीजरल्याण्ड, र नेदरल्याण्डका बिभिन्न स्थानमा खिचिएको जानकारी दिए । त्यसैगरी, प्रस्तुतकर्ता शरदले बिशेषत युवा पुस्तालाई लक्षित गरिएको भए तापनि ‘माया बस्छ कि के हो’ ले आम दर्शकको मन छुनेमा आशावादी रहेको बताए ।
बिपीन मल्लले सम्पादन गरेको चलचित्रमा सोनाल र कस्मताका साथमा उपेन्द्र थापा,नरेन्द्र थापा,बेनी ढुंगाना,सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal