Mansara

सौगात, बुद्धि र दीयाको ‘मन्त्र’ ट्रेलर

२०७८ चैत्र ६
सौगात, बुद्धि र दीयाको ‘मन्त्र’ ट्रेलर

सौगात मल्ल, बुद्धि तामाङ, दीया पुनको शिर्ष भुमिका रहेको चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

हिमाली प्रेम कथा भन्ने चलचित्र आउँदो वर्ष बैशाख १६ गतेबाट देशभर प्रदर्शनमा आउने छ । कार्यक्रममा बोल्दै ‘मन्त्र’ अर्गानिक नेपाली चलचित्र बनेको निर्देशक खिल बहादुर गुरुङले बताएका छन् । गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई चलचित्रले समेटेको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ। हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्रको छायाँकन करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर गरिएको छ । 

देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।