Mansara

‘अभिन्न’को गीत ‘मान्छे’ रिलिज

२०७९ जेष्ठ १९
‘अभिन्न’को गीत ‘मान्छे’ रिलिज

अभिनेता कार्म अभिनित सिनेमा ‘अभिन्न’को ‘मान्छे’ बोलको गीत सार्वजनिक गरिएको छ ।  गीतमा कार्मको सशक्त चरित्र देखिन्छ भने अभिनय लोभलाग्दो छ । अपाङ्गको भूमिकामा उनले जीवन्त अभिनय गरेका छन् । कुकुरलाई च्यापेर बाटोमा माग्दै हिँड्ने एक अपाङ्गको कारुणीक कथालाई गीतमा देखाइएको छ ।

रञ्जित गजमेरले संगीत भरेको गीतमा राजीव सुनारको स्वर छ । निर्देशक समेत रहेका प्रशान्त रसाइलीले गीतको शब्द लेखेका हुन् । यसअघि ‘आचार्य’, ‘सोल सिस्टर’, कथा’ सिनेमाको निर्देशन गरिसकेका उनले ‘अभिन्न’को छायांकन लकडाउनअघि सकिएको र यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको बताएका छन् । निर्माण टिमले गीत सार्वजनिक गरेपनि प्रदर्शन मिति तोकेको छैन ।

विदेशमा हुने फेस्टिभलमा पठाउने तयारी गरिएको सिनेमालाई विभाकर सुन्दर शाक्यले निर्माण गरेका हुन् । लैनसिंह बाङ्देलद्वारा लिखित चर्चित उपन्यास ‘लङ्गडाको साथी’माथि आधारित भएर सिनेमा निर्माण गरिएको हो । उपन्यासमा दार्जलिङ्ग शहरको बजारमा डुली हिँड्ने एक अपाङ्ग व्यक्तिले भोग्नु परेको कारूणीक कहानी र उसलाई सहयोग गर्ने एउटा कुकुरको कथा प्रस्तुत गरिएको छ ।

Mahajatra