तारा अधिकारीको ‘मनैभरि’ सार्वजनिक
गीत लेखनमा फरक पहिचान बनाएकी लोकप्रिय गीतकार तारा अधिकारीको शब्द रचनामा ‘मनैभरि’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बरिष्ठ संगीतकार दीपक जंगमको संगीत, किरण कँडेलको संगीत संयोजन र अजर जंगमको स्वर रहेको छ ।
सुनौलो तारा मोसन पिक्चर्स युट्युबबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । वियोगान्त भावको गीतको भिडियोमा गायक अजरले अभिनय गरेका छन् । भिडियोमा गीतकार तारा अधिकारी र सगीतकार दीपक जंगमलाई पनि देख्न सकिन्छ । भिडियोमा राजिव समिरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन, र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
