चलचित्र ‘मनसँग मन’को ट्रेलर सार्वजनिक
चलचित्र ‘मनसँग मन’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेम कथामा आधारित चलचित्रको ट्रेलर प्रेम र त्यसमा आउने संघर्षमा केन्द्रित छ । ट्रेलरमा पुष्पलाई प्रेमका साथै एक्सन अवतारमा पनि प्रस्तुत छन् ।
आगामी माघ २७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रमा मा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दाल लगायतका कलाकारको अभिनय रहेको छ । कैलाश राई निर्देशित चलचित्रको एक गीतमा भने पल शाह र पूजा शर्माले नृत्य गरेका छन् ।
सौरभ इन्टरटेनमेन्ट एण्ड बलाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् । चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
