‘अभिमन्यु’को गीत ‘माली’मा दाजु र बहिनीको कथा
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माली’ बोलको गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ ।
‘माली’मा दाजु र बहिनी बिचको निश्चल सम्बन्ध र जिम्मेवारीको कथा देखाइएको छ । दाजुले बहिनीलाई गर्ने मायालाई गीतमा उतार्ने प्रयास गरिएको छ । बहिनीको हाँसोमा खुसी र त्यसैमा संसार देख्ने जिम्मेवार दाजुको कथा छ । रक्षाबन्धनलाई मध्यनजर गरेर गीत ल्याइएको निर्माणपक्षले जनाएको छ । गीत सार्वजनिक गर्दै निर्माणपक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ ।
‘हामीले यो गीतमा दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्नुहुन अनुरोध गर्छौं,’ निर्माण टिमले भनेको छ, ‘उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रकमको पुरस्कार राखेको छौँ ।’
चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रका सह–निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ हुन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, शरद महतोको डिओपी र मदन घिमिरेको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
