‘माइतीघर’को पोष्टर रिलिज, फूलपातीमा रिलिज हुने
दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट रिलिज हुने चलचित्र ‘माइतीघर’को पोष्टर रिलिज गरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारहरूलाई समावेश गर्दै तयार पारिएको पोष्टर रिलिज गरेको हो ।
मिलन तामाङको निर्देशन रहेको चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय छ ।
रोहित अधिकारीको प्रस्तुतिमा रहेको चलचित्रका निर्माता रविन शेरचन र धिरज तामाङ र कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । रोहित अधिकारी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत र अष्ट महर्जनको एक्सन रहेको छ ।
चलचित्र ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको जनाइएको छ । चलचित्र उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचारप्रसारमा पनि कुनै कमी नगर्ने बताएका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
