‘माइतीघर’को शीर्षगीत संजीवनीको स्वर
रोहित अधिकारीको निर्माण रहने चलचित्र ‘माइतीघर’को शीर्षगीत मुम्बईमा रेकर्ड गरिएको छ । चलचित्रमा सन् १९६६ डिसेम्बर १६ मा रिलिज भएको नीजि क्षेत्रको पहिलो चलचित्र ‘माइतीघर’कै शिर्ष गीत समावेश हुनेछ ।
‘वसन्त नै बस्न खोज्छ यहाँ’ बोलको गीतको नयाँ संस्करणमा बलिउडकी चर्चित पाश्र्वगायिका संजीवनीले स्वर दिएकी छिन । यो गीतको ओरिजिनल भर्सनमा सुप्रसिद्ध गायिका आशा भोसलेको स्वर थियो । गीतमा किरण खरेलको शब्द र जयदेवको संगीत यथावत रहने जनाइएको छ । गीतको नयाँ भर्सनलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् ।
आइतबार मुम्बईस्थित नीरञ्जन स्टुडियोमा संजीवनीले गीत रेकर्ड गरेकी हुन् । गीत रेकर्ड पछि भिडियो सन्देश जारी गर्दै संजीवनीले यो गीत गाँउदा निकै आनन्द आएको जनाएकी छिन ।
यसअघि यही गीतलाई गायिका अञ्जु पन्तले पनि रि–रेकर्ड गर्दै आफ्नो एल्वम ‘कम्पन’ समावेश गरेकी थिइन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
