सत्य-स्वरुपको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ सार्वजनिक
गायक दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुको प्रयोग गरिएको छ । गीतमा अमृत खतिवडा(भाञ्जा भाइ)को शब्द तथा आचार्य दाजुभाईको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।
कविराज गहतराजको निर्देशनमा तयार भएको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा पल शाह दोहोरो भूमिकामा छन् । राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ ।
गीतमा सयभन्दा बढी कोरस कलाकार फिचर्ड छन् । भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । भिडियोमा सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
