Missing Movie Online

‘माइली’का गीतमा शान्तिश्री, अस्मिता र बिन्दुको स्वर

२०८१ आषाढ २१
‘माइली’का गीतमा शान्तिश्री, अस्मिता र बिन्दुको स्वर

चलचित्र ‘माइली’को एकसाथ दुई वटा गीतको रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित ट्वान्टी वान स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो ।

गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ । दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ ।

बाबू साहेब बलामीको निर्देशन रहने चलचित्रमा नायिका प्रियंका कार्की अनुबन्धित भइसकेकी छन् । निर्देशक बलामीले सत्यघटनामा आधारित चलचित्रमा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय उठान गरिने बताए । निर्देशक बलामीकै कथा रहने चलचित्रमा शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ ।

Jwai Sap
Aktor
Kumari Bank