अन्तिम चरणमा चलचित्र ‘मैझारो’को छायाँकन

२०८२ श्रावन २७
अन्तिम चरणमा चलचित्र ‘मैझारो’को छायाँकन

साउने झरीका बिच चलचित्र ‘मैझारो’को छायाँकन तिब्र गतिमा भइरहेको छ । हाँस्य कलाकार विल्सन विक्रम राईको निर्देशन रहेको चलचित्रको छायाँकन साउनको पहिलो हप्ता इलामबाट सुरु गरिएको थियो ।

अहिले छायाँकन अन्तिम चरणमा पुगेको छ राइृले जनाएका छन् ।  पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई चलचित्रले प्रस्तुत गर्ने निर्देशक राईले जनाएका छन् ।

इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका बिभिन्न स्थानहरुमा चलचित्रको छायाँकन भइरहेको छ । निर्देशक राई कथा र पटकथा रहेको चलचित्रले दर्शकलाई फरक स्वाद पस्किने उनको दाबी छ ।

चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बुलगायतका कलाकारको अभिनय छ । ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा सौरभ लामाले छायांकन रहेको छ ।