Mansara

‘महाजात्रा’को गीत ‘साथी’ रिलिज, आगामी दशैंमा नयाँ चलचित्र

२०८० चैत्र १४
‘महाजात्रा’को गीत ‘साथी’ रिलिज, आगामी दशैंमा नयाँ चलचित्र

षट्कोण आर्टस्ले २०८२ सालको दशैंमा नयाँ चलचित्र रिलिज गर्ने घोषणा गरेको छ । प्रदर्शनरत् चलचित्र ‘महाजात्रा’मा समावेश ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सो विषयको जानकारी दिइएको हो । सार्वजनिक गीतको भिडियोको अन्तिममा  ‘अब २०८२ को दशैंमा भेटौला’ भनिएको छ । रिलिज मिति घोषणा गरेपनि चलचित्रबारे केही बताइएको छैन ।

सार्वजनिक गीतमा चलचित्रका तीन पात्र विपिन कार्की (फडिन्द्र), रविन्द्र सिंह बानियाँ (जोयश) र रविन्द्र झा (मुन्ना)को मित्रता प्रस्तुत गरिएका्े छ । गीतमा हर्क साउदको शब्द रचना र कालीप्रसाद बाँस्कोटाको संगीत र स्वर छ । प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, वर्षा राउत, दिव्य देव, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, अरविन खड्काको पनि अभिनय छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले घरेलू बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ ।