चलचित्र ‘महाजात्रा’ प्रदर्शनमा, सुखद ओपनिङ
आजबाट चलचित्र ‘महाजात्रा’ प्रदर्शनमा आएको छ । मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको चलचित्रको चलचित्रको ओपनिङ ब्यापार सुखद छ । अक्सर शोहरु हाउस फूल छन् भने बाँकी हलमा पनि अकुपेन्सी सुखद छ । प्रदर्शनपूर्व नै केही मल्टीप्लेक्सहरुमा शो ‘सोल्डआउट’ भइसकेका छन् भने एड्भान्स बुकिङ पनि उत्साहजनक छ ।
विदेश राइट्स र डिजिटल राइट्सबाट लगानी उठाइसकेको चलचित्रले हलमा गरेको ब्यापार खुद मुनाफा हुने बताइएको छ । आइतबार पहाडी र सोमबार तराई क्षेत्रमा होलीको विदा पर्दा चलचित्रले ३ दिनको सार्वजनिक विदाको लाभ समेत उठाउन पाउने छ ।
प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्यदेव, राजाराम पौडेल, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
