चलचित्र ‘महाजात्रा’ फर्स्टलुक्स पोष्टर सार्वजनिक

चलचित्र ‘महाजात्रा’ फर्स्टलुक्स पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा कलाकारहरु हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झालाई प्रस्तुत गरिएको छ ।
पोस्टरमा ‘जात्रा’ श्रृखलाका मुख्य पात्रहरु फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा)ले अभिनेता आचार्यलाई ह्वीलचेयरमा लागिरहेका छन् । उनीहरूले अभिनेता आचार्यलाई बन्दी बनाएको संकेत पोस्टरले गरेको छ ।
अभिनेता तथा कार्यकारी निर्माता बानियाँले चलचित्रको कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको बताए । ‘पोस्टरमा देखिएका पात्रले चलचित्रको कथासार झल्काउँछ । पृष्ठभूमिमा गाडी, पैसा अनि हामी तीनसँगै हरिवंश दाई । यसले धेरै तथ्य सङ्केत गरेको छ’, अभिनेता बानियाँले भने ।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको एक गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिने छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशक र आशिष अविरलको संगीत रहेको छ ।
चलचित्र आगामी चैत्र ९ गतेबाट नेपालसहित बिभिन्न देशमा प्रदर्शनको तयारीमा छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal