चलचित्र ‘महाभोज’ ओटीटीमा रिलिज

२०८२ श्रावन २८
चलचित्र ‘महाभोज’ ओटीटीमा रिलिज

चलचित्र ‘महाभोज’ ओटीटीमा रिलिज भएको छ । निर्माण पक्षले एमएसएम भिडियोमा चलचित्र रिलिज गरेको हो ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित सामाजिक–राजनीतिक ड्रामा हो । आफैले सहकारीमा जम्मा गरेको रकम पाउनका लागि गर्नुपर्ने सङ्घर्ष र विद्रोह को कथा चलचित्रले भनेको छ ।

नेपालमा गत जेठ ३० गते सार्वजनिक प्रदर्शनमा आएको चलचित्रमा हिमाल कडरियाको लगानी र विकास सुवेदीको लेखन रहेको छ । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने र आभा अर्याल लगायतका कलाकारको अभिनय छ।