‘महाभोज’को कथा पैसासँग सम्बन्धित !, दुई पोष्टर सार्वजनिक

२०८२ बैशाख ७
‘महाभोज’को कथा पैसासँग सम्बन्धित !, दुई पोष्टर सार्वजनिक

चलचित्र ‘महाभोज’का थप दुई पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोष्टरले चलचित्र पैसासँग सम्बन्धित कथामा आधारित रहेको बलियो संकेत दिएको छ ।

सार्वजनिक पोस्टरमध्ये एक पोस्टरमा चलचित्रका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले चलचित्रमा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गर्छ ।

दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूलाई पनि देखाइएको छ ।

प्रचारलाई तिब्र बनाउँदै आएको चलचित्र आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शन हुने तयारीमा छ । निर्देशक दिनेश राउतले मङ्गलवार चलचित्रको टिजर सार्वजनिक गरिने जानकारी दिएका छन् । निर्देशक राउतका अनुसार चलचित्र मनोरञ्जनको प्याकेजसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथा समेत हो । उनले भने – ‘समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई चलचित्रमा उजागर गर्ने प्रयास गरेको छु ।’

सामाजिक यथार्थमा आधारित भनिएको चलचित्रमा नेपाली समाजको वर्ग सङ्घर्षलाई प्रस्तुत गरिएको बताइउको छ । क्लक वर्क क्रियशन्स र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । निर्माण पक्षका अनुसार चलचित्र नेपालसँगै नेपालीहरू बसोबास गर्ने प्रायः सबै मुलुकमा एकसाथ प्रदर्शनमा ल्याइनेछ ।

Latest Updates

New Releases (Jestha 2)

Next Releases (Jestha 9)