मह जोडीलाई चैत्यदेवी सिंह पुरस्कार

भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस बर्षको चैत्यदेवी सिंह पुरस्कार पुरस्कार महजोडीलाई प्रदान गरिएको छ ।
५१ हजार रुपैयाँ राशि सहितको उक्त पुरस्कार राजधानीमा एक कार्यक्रमको बीचमा प्रदान गरिएको हो । फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायत फाउन्डसेनका सम्पूर्ण कार्यसमिति र एकाध संचारकर्मीको उपस्थिति थियो ।
कोभिड–१९ कोरोनाको संक्रमण बढिरहेको अबस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम ठूलो जमघट नगरी आयोजना गरिएको थियो । मह जोडीलाई कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला लगाइदिएका थिए भने भुवन–हरिष चन्दले दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal