रियालिटी शो ‘महागफाडी’को घोषणा
टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । आइतबबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ ।
नरेश नाथ योगीले निर्देशन गर्ने शोको निर्णायकमा बरिष्ठ हास्यव्यङ्गय कवि शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन् । बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महागफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुने निर्देशक योगीले जनाएका छन् । कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् ।
शोको विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
