चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
हास्यरसले भरिएको ट्रेलरमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ हाबी छन् । ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । मुख्य अभिनेता केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई ट्रेलरमा स्थान दिइएको छ । सार्वजनिक ट्रेलरमा मिस पबीलाई टेलिभिजन प्रस्तोता तथा गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको रुपमा देखाइएको छ ।
ऋषि लामिछानेको निर्देशित चलचित्रको ट्रेलरमा केदारलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ । केदारले शीर्ष भूमिकामा अभिनय गरेको यो पहिलो चलचित्र हो । हरितालिका तीजको छेको पारेर भदौ ६ गतेबाट प्रदर्शन हुने चलचित्रले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको छ ।
आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, दिपक शर्माको संगीत र मित्र गुरुङको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
