‘माग्ने राजा’ले रोज्यो आउने तीज
छायाँकन शुरु हुनु अगावै चलचित्र ‘माग्ने राजा’को प्रदर्शन मिति घोषणा गरिएको छ । केदार घिमिरे ‘माग्ने बुढा’को शीर्ष भूमिका रहने चलचित्र आगामी वर्षको हरितालिका तीजमा प्रदर्शन हुने जनाइएको छ ।
घिमिरेले रिलिज मित सहितको एक पोष्टर सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘आशीर्वाद दिनुहोला, तीजमा प्रदर्शनमा आउँदै छ ।’
चलचित्रमा माग्ने बुढा, आर्यन सिग्देल, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, पवित्रा साँखी र शिशिर बाङ्देलको अभिनय हुनेछ । माग्ने बुढा र तक्मे बुढाले ७ वर्षपछि एउटै पर्दामा देखिदैछन् ।
ऋषि लामिछानेको निर्देशन रहने आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो । मुनाल घिमिरेको निर्माण रहने चलचित्रमा सामिप्यराज तिमल्सिनाको लेखन, नरेन्द्र मैनालीको छायाँकन र दिपक शर्माको संगीत रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
